हिँडेर घर जान लागेका मजदुरलाई विदाई गर्दै अभिनेता सोनु (भिडियाेसहित)

बलिउडका हस्ती सोनु सुद प्रवासी भारतीय नागरिकको सहयोगमा खटिएका छन्। 

काेराेना भाइरस (कोभिड – १९) को महामारीपछि मुम्बईबाट घर फर्कन हिँडेका मजदुरलाई बिदा गर्न सोनु आफैं पुगेका थिए।

अभिनेता साेनु भन्छन्, ‘मलाई रातभर निन्द्रा लागेन जब मानिसहरु आफ्नो घर फर्कनको लागि सयौँ किलोमिटर हिँडेको देखेँ।’

भारतमा मार्च २४ देखि लकडाउन छ। लकडाउन गर्नु अगाडि मुम्बईमा भएका मजदूरहरुलाई घर फर्काउन सरकारले कुनै पहल गरेन। 

लकडाउनपछि लाखौँ मजदुरले आफूलाई आम्दानीको स्रोत विहिन भएका छन्। लकडाउनपछि बस र रेल सेवा बन्द भएका थिए, जसको कारणले मजदुर मात्र हैन उनीहरुका स–साना बालबालिका अनि महिलाहरुलाई हिँडेर नजानुको विकल्प रहेन। केहीको घर १ हजार किलोमिटर भन्दा पर रहेको छ।

यसरी हिँडेर घर जानेमा १०० जना भन्दा धेरैले ज्यान गुमाए, जसको कारण दुर्घटना र अत्यधिक भइरहेकाे छ। दुई महिना अगाडि सुदले आफ्नो बच्चा बेलाको साथी नीति गोयलसँग मिलेर लकडाउनबाट प्रभावितहरुलाई सहयोग गरेका थिए।

साेनुले भनेका छन्, ‘हामीले मार्चबाट नै खानेकुरा बाँड्न सुरु गरेका थियौँ। त्यो बेलामा दिनहुँ ५०० प्याकेट बाँडिन्थ्यो, अहिले हामी हाइवेबाट घर जान हिँडेका ४५,००० नागरिकलाई दिनहुँ खाना खुवाईरहेका छौँ।’ ११ मे बाट सुद लगायतको टोलीले १०० ओटा भन्दा धेरै बस रिजर्भ गरी हिँडेर घर जान निस्केका नागरिकलाई घर पुर्‍याइरहेका छन्।

सोनुको यो कामको बारेमा सामाजिक सञ्जालमा धेरै चर्चा भइरहेको छ, धेरैले उनलाई धन्यवाद दिँदै प्रशंसा पनि गरिरहेका छन्। धेरैले उनलाई चलचित्रमा खलपात्रको भूमिकामा देखिएपनि सोनु अहिले वास्तविक जीवनको नायक बनिरहेको बताएका छन्।

सन् २०१० मा दबंग चलचित्रमा खलपात्रको भूमिका निर्वाह गरेबाट उत्कृष्ट भएका साेनुले बलिउडमा नाम चलेका हस्तीहरु, सलमान खान, शाहरुख खान, ऋतिक रोशन, ऐश्वर्या रायसँग काम गरिसकेका छन्।

प्रकाशित मिति: : 2020-05-25 16:29:30

प्रतिकृया दिनुहोस्