१ जूनदेखि देशभरका विद्यालय खोल्ने बेलायती प्रधानमन्त्रीकाे घोषणा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चरणबद्ध रूपमा १ जूनदेखि देशभरका विद्यालय खोल्ने घोषणा गरेका छन्। तर यो वर्ष विद्यालयहरु खुलेपनि परीक्षा अर्को वर्षको हुनेछ। 

प्रधानमन्त्री जोनसनले भने, ‘हामी योजना अनुसार अघि बढ्न चाहन्छौं। यदि कुनै बालबालिका वा कर्मचारीमा कुनै लक्षण देखाए उनीहरूको परीक्षण गरिनेछ।’

उनले साना बालबालिकाहरुलाई सामाजिक दुरी कायम गराउन गाह्रो हुनेपनि स्वीकार गरेका छन्। यसका लागि विद्यालयहरूका लागि विशेष निर्देशन दिइएकाे छ।

उनले भने, ‘सामाजिक दुरी बनाइराख्न विद्यार्थीहरुको समूह सानो बनाउनुहोस्र, एक अर्कासँग मिल्न नदिनुहोस्, छुट्टि ब्रेक र दिउँसो खाजाको समयमा ध्यान दिनुहोस्, छुट्टै समयमा उनीहरुलाई छोड्नुहोस्। यस्तै सफाईमा ध्यान दिनुहाेस्, साटासाट हुने वस्तुहरूको प्रयोग घटाउने र बाहिरी वातावरणसँग टाढा राख्नुहाेस्।’

प्रधानमन्त्री जाेनसनका अनुसार विद्यालय खोल्ने बाहेक अरु आवस्यक कार्यलय र पसलहरु खाेल्ने योजना पनि रहेको छ, जुन आउँदो हप्तासम्म सूचिकृत गरिनेछ। 

उनले भने, ‘जबसम्म मानिसबाट भाइरसको आर-ट्रान्सफर दर १ भन्दा तल रहन्छ, तब लकडाउन जुलाई १ पछि विभिन्न चरणमा विभाजन गरेर लान सकिन्छ।’ 

यदि संक्रमण दर कम भए रेस्टुरेन्ट, बार, सिनेमा र मनोरन्जनका क्षेत्रहरु पनि खोल्न सकिने उनले बताए। सरकारी तथ्यांकका अनुसार बेलायतमा हालसम्म ३६ हजार ७९३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

प्रकाशित मिति: : 2020-05-25 22:44:44

प्रतिकृया दिनुहोस्