
बिएल संवाददाता
सरकारले नयाँ सहरको विकास गर्नका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आधारभूत पूर्वाधार सहितको सुरक्षित र दीगो सहर विकास गरिने घोषणा गरेका हुन्।
मध्यपहाडी लोकमार्गले जोड्ने उपयुक्त १० ठाउँमा नयाँ सहरको विकास गर्नका लागि २ अर्ब छुट्याइने घोषणा गरे।
साथै नवलपरासी र रुकुमपूर्व जिल्लामा सदरमुकामको विकास अघि बढाउन पनि यो रकम खर्च हुनेछ।
यस्तै, उनले काठमाडौं उपत्यकामा ४ वटा व्यवस्थित उपसहर निर्माण गरिने बताए।
यस्तै सरकारले विद्युतीय तार भूमिगत गर्ने कार्यलाई निरन्तरता दिने भएको छ। काठमाडौंबाट सुरू भएको विद्युतीय तार भूमिगत कार्यलाई निरन्तरता दिइन लागेकाे हाे।
आगामी वर्ष भक्तपुर, ललितपुर, चितवनमा लगायतका ठूला सहरमा विद्युतीय तार भूमिगत गरिने लगायत ठूला सहरमा विस्तार गरिने सरकारकाे लक्ष्य छ।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया