अनलाइनखबर
कति सामान्य कुरा छ, जात भनेको स्तर होइन जसले ‘उच्च’ र ‘नीच’को भेद छुट्याउँछ । को उच्च, को नीच भन्ने कुरा त व्यक्तिको सोंच, चिन्तन, बुद्धी, विवेक, ढंग, कर्म, व्यवहारले वर्गिकरण गर्ने कुरा हो । यो सामान्य ज्ञान समेत नभएको कतिपय व्यक्ति आज ‘यो जात उच्च, त्यो जात नीच’ भनेर भ्रम, दम्भ र स्वार्थको घनचक्करमा फसिरहेको छ ।
कसैलाई तल्लो जात, यस्तो जात भनेर होच्याइरहेका हामी कुन जातका हौ ? अरुलाई हिंसा गर्ने, घृणा गर्ने, आफुमा दम्भ र भ्रम पाल्ने हामी कुन जातको हौ ?
हामी कसको गर्भबाट जन्मियौ ?
हामी कसको गर्भमा, कसको कुलमा, कसको खानदानमा जन्म लिन्छौ ? यो कुरा हाम्रो चाहना अनुरुप भएको होइन । हाम्रो अधिकार र रुची अनुसार यसको कुल, नश्ल वा वंशमा जन्म लिने सामर्थ्य हामीसँग छैन ।
हामी जसको कोखबाट पनि जन्म लिन सक्छौ । यसकारण कसैको कोखबाट जन्म लिनु हाम्रो दोष होइन । हामी विश्वकर्माको कोखबाट जन्म लिन्छौ भने त्यो मेरो रुची र अधिकारको कुरा होइन । हामी क्षेत्रीको कोखबाट जन्म लिन्छौ भने त्यो मेरो रुची र अधिकारको कुरा होइन । यसर्थ हामीले कसको घरमा, कुन दम्पतीबाट, कुन नश्लबाट, कुन वंशमा, कुन परिवारमा जन्म लियौं भन्ने कुराले हाम्रो स्तर निर्धारण हुँदैन ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया