जब दीपिकालाई ‘इम्प्रेस’ गर्न रणवीरले गरे यस्ताे हर्कत

रणवीर सिंह र दीपिका पादुकोणको जोडी बलिउडमा नै उदाहरणीय जोडीको रुपमा लिइन्छ। यो जोडीलाई निकै मन पराइन्छ। वास्तविक जीवनमा मात्र होइन फिल्मी दुनियाँमा पनि यो जोडीको केमिस्ट्री निकै रुचाइएको छ। 

विवाहपछि पनि रणवीर सिंहले थुप्रैपटक दीपिकासँगको अफेयरका बारेमा खुलासा गर्दै आएका छन्। यो जोडी एक अर्कामा निकै समर्पित भएको पनि देखाउँछन्। 

रणवीरले चर्चित फुटबल खेलाडी सुनील छेत्रीको इन्स्टामा लाइभ गरेका छन्। उनले उक्त लाइभको क्रममा दीपिकासँगको प्रेमसम्बन्धको सुरुवाती दिनहरुको बारेमा केही खुलासा गरेका छन्। 

रणवीरले पुराना दिनहरुलाई सम्झँदै दीपिकाका लागि फूल किन्नमा धेरै खर्च गरेको बताए। रणवीरले दीपिकालाई लिली फूल निकै मन पर्ने भएकाले उनी जहिल्यै दीपिकालाई भेट्न जाँदा लिली फूल लिएर गएको समेत उल्लेख गरे।

रणवीरले फूल किन्ने गरेको कुरा उनका पितालाई पनि थाहा थियो। उनले पिताले सोधेको प्रश्न याद गर्दै भने, ‘तिमीलाई थाहा छ? तिमी कति धेरै पैसा फूलमा खर्च गरिरहेका छौँ?’ 

पिताको यस्तो प्रश्नमा उनले दिएको जवाफ यस्तो थियो, ‘पापा, तपाई चिन्ता नगर्नुस्। लक्ष्मीको अवतारमा अकुत सम्पत्ति आउँदैछ।’ 
 

प्रकाशित मिति: : 2020-05-29 12:13:23

प्रतिकृया दिनुहोस्