सोती घटनामा संलग्नमाथि कडा कारबाही गर्न नेकपा रुकुम (पश्चिम)को माग

बिएल संवाददाता

रुकुम (पश्चिम)

नेपाल कम्युनिस्ट पार्टी नेकपा रुकुम (पश्चिम)ले चौरजहारी नगरपालिका ८, सोतीमा भएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ। जेठ १० गते भएको घटना अत्यन्त दुःखद र निन्दनीय भएको ठहर गर्दै नेकपा कडा कारबाही गर्न सरकारसँग माग गरेको हो। 

नेकपा रुकुम (पश्चिम)का अध्यक्ष गोपाल शर्माले विज्ञप्तिमा जारी गर्दै  यो घटनाले राजनैतिक परिवर्तनको स्तरमा सामाजिक र साँस्कृतिक रुपान्तरण अपुग भएको पुष्टि भएको बताएका छन्।। 

‘घटनाका सन्दर्भमा कानुनी कारवाहीका लागि मुद्धाको प्रक्रिया समेत शुरु भइसकेको र संघीय सरकारले समेत घटनाको यथार्थ छानविनको लागि समिति गठन गरि कार्यप्रारम्भ गरिसकेको अवस्थामा सरकारी संयन्त्रमार्फत भइरहेको छानविन र अनुसन्धानलाई पार्टी र स्थानीय सरकारको तर्फबाट पूर्णरुपले सहयोग निर्णय भएको छ’, शर्माको विज्ञप्तिमा भनिएको छ । 

घटनाको पृष्ठभूमिमा अन्तरजातीय प्रेमसम्वन्ध, स्थानीय र बाहिरवाट आएका युवकहरु बीचको विभिन्न अवस्थाको इगो देखिएता पनि भेरी नदीको किनारमा ५ जनाको शव भेटिएको र एक जना अझै वेपत्ता भएको अवस्थाले घटना गम्भीर प्रकृतिको देखिएको सो पार्टीले जनाएको छ । 

सोती घटनाको सत्यतथ्य बुझ्न र अनुसन्धान कार्यमा सरकारी संयन्त्रलाई सहयोग गर्न संघीय सांसद जनार्दन शर्माको निर्देशन बमोजिम पार्टीले ३ सदस्यीय छानबिन समिति गठन थरेको छ।  त्यसबारे थप अध्ययन सहितको प्रतिवेदन जिल्ला कार्यालयमा पेश गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: : 2020-05-29 14:09:48

प्रतिकृया दिनुहोस्