कोरोना संक्रमणबाट मान्छे मरिसकेपछि मात्र किन आउँदैछ पीसीआर रिपोर्ट ?

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

 भारतको अमलाबादबाट नेपाल फर्किन लागेका अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय युवकको नेपाल-भारत सीमामा ११ जेठमा मृत्यु भयो। अर्घाखाँची लगेर शवको दाहसंस्कार गरियो।

शव लैजानुभन्दा पहिला सीमा क्षेत्रमै स्वाब निकालेर परीक्षणको लागि पठाइएको थियो। १५ जेठ साँझ मात्र उनको परीक्षणको रिपोर्ट आयो। कोरोना भाइरस संक्रमणबाट उनको निधन भएको पुष्टि भयो।

दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा बसिरहेका ३५ वर्षीय युवकको १७ जेठ बिहान मृत्यु भयो। दुल्लु नगरपालिका-११ का उनी १० दिनअघि भारतको अहमदावादबाट नेपाल फर्किएका थिए।

दैलेखका करीब ४०-४५ जना गाडी रिजर्भ गरेर नेपालगञ्ज नाकासम्म आएका थिए। नेपालगञ्जबाट अर्को गाडी रिजर्भ गरेर उनीहरू दैलेख गएका थिए। दैलेखमा उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो।

प्रकाशित मिति: : 2020-05-31 15:43:11

प्रतिकृया दिनुहोस्