विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस नियन्त्रणको एक मात्र उपाय बन्दाबन्दी र धेरैभन्दा धेरै स्वाब परीक्षण नै भएको जनाएको छ । बन्दाबन्दी गरे पनि विश्वका धेरै देशमा जोखिम घटेको छैन । तर, जापानले बन्दाबन्दी लागू नगरी कोरोनाभाइरस नियन्त्रण गरेको छ ।
आलोचनाबीच जापान सरकारले देशव्यापी बन्दाबन्दी घोषणा गरेन । संकटकाल भने लागू थियो । तर, जनतालाई घरबाहिर निस्कन र काम गर्न छुट थियो ।
अन्य देशमा जस्तो त्यहाँको सरकारलाई देशव्यापी बन्दाबन्दी घोषणाको अधिकार समेत छैन । स्थानीय गभर्नरहरुले कारोबार बन्द गर्ने र मानिसहरुलाई घरैमा बस्ने आह्वान गर्न सक्छन् । तर यस्तो आग्रह नमान्नेलाई कानूनी कारबाही गर्न सकिँदैन ।
संक्रमण फैलन थालेपछि मानिसहरुको आवातजावतमा भने केही कमी आएको थियो । तर, काममा जान भने रोकिएन । मानिसहरुको दैनिक स्वभाविक ढंगमा चलेको थियो ।
डब्लुएचओले स्वाब परीक्षण धेरैभन्दा धेरै गर्न आग्रह गरिरहँदा जापानले गम्भीर बिरामी परेकाको मात्र जाँच गरेको थियो । त्यहाँ जम्मा जनसंख्याको ०.२ प्रतिशतको मात्र स्वाब जाँच गरिएको थियो ।
अत्यधिक कम परीक्षण भएको भन्दै प्रधानमन्त्र शिन्जो आबेको आलोचना पनि भएको थियो । तर, ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्बन्धि रणनीति सफल भएपछि संक्रमण फैलनबाट रोक्न जापान सफल भएको हो ।
जापानमा कूल संक्रमित १६ हजार ८५१ मध्ये १४ हजार ४५९ जना निको भएका छन् । ८९१ जनाको मृत्यु भएको छ ।
अहिले त्यहाँ उपचाररत संक्रमित एक हजार ५०१ जना छन् । यो संख्या प्रत्येक दिन घटिरहेको छ । दैनिक ५० भन्दा कम नयाँ संक्रमित भेटिन्छन् ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया