बिएल संवाददाता
कालीकोटको नहरहरीनाथ गाउँपालिका १ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार नरहरीनाथ १ लालीगढबाट खाद्यन्न बोकी कोमलगाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ००३० नं. को बोलेरो जीप करिब साढे तीन बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमा रास्कोट नगरपालिका १ कालिकोटका जीप चालक डबल शाही रहेको कालिकोटका डिएसपी श्याम वलीयाले जानकारी दिए।
दुर्घटनामा नरहरीनाथ गाउँपालिका ३ का ५० वर्षीय पुर्णप्रसाद उपाध्याय घाइते भएका छन्।
वलीयाका अनुसार जीप लालीगढ नजिकैको सडकबाट करिब ३ सय फिट तल खसेको थियो। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया