बिएल संवाददाता
डोल्पाको गाईबस्तु चराउन गएका तीन बालिकालाई भेरी नदीले बगाउँदा ज्यान गएको छ।
मंगलबार दिउँसो गाई भेरी नदी तरेर पारि जान खोजेपछि गाई फर्काउन नदीमा पस्दा उनी हरुलाई बगाएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेहरुमा ठूलीभेरी नगरपालिका ९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायत रहेको डोल्पाका डीएसपी नारायण रञ्जितकारले बताए।
उनीहरुमध्ये यशोधा र बिजयलाई २ किलोमिटर तल झारेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। उपचारका लागि जिल्ला अस्पताल लगिएपनि उनीहरुलाई मृत घोषणा गरेको डीएसपी रञ्जितकारले बताए।
गंगाको शव भने ५ किलोमिटर तल फेला पारेको थियो। दुई जनालाई बगाउँदै गरेको प्रहरीले देखेको थियो।
विमानस्थल सुरक्षाकार्ड जुफालको टोलीले देखेपछि थप टोली गएर बालिकाहरुलाई नदीबाट निकालेको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया