बिएल संवाददाता
डोल्पाको गाईबस्तु चराउन गएका तीन बालिकालाई भेरी नदीले बगाउँदा ज्यान गएको छ।
मंगलबार दिउँसो गाई भेरी नदी तरेर पारि जान खोजेपछि गाई फर्काउन नदीमा पस्दा उनी हरुलाई बगाएको प्रहरीले जनाएको छ।
ज्यान गुमाउनेहरुमा ठूलीभेरी नगरपालिका ९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायत रहेको डोल्पाका डीएसपी नारायण रञ्जितकारले बताए।
उनीहरुमध्ये यशोधा र बिजयलाई २ किलोमिटर तल झारेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। उपचारका लागि जिल्ला अस्पताल लगिएपनि उनीहरुलाई मृत घोषणा गरेको डीएसपी रञ्जितकारले बताए।
गंगाको शव भने ५ किलोमिटर तल फेला पारेको थियो। दुई जनालाई बगाउँदै गरेको प्रहरीले देखेको थियो।
विमानस्थल सुरक्षाकार्ड जुफालको टोलीले देखेपछि थप टोली गएर बालिकाहरुलाई नदीबाट निकालेको हो।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया