
बिएल संवाददाता
कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएका थिए।
घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा आज वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए।
घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा भने क्षति पुगेको थियो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया