बिएल संवाददाता
कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएका थिए।
घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा आज वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए।
घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उक्त आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा भने क्षति पुगेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया