बिएल संवाददाता
शुक्लागण्डकी नगरपालिकाका १२ वटा वडाले ‘एक वडा एक उत्पादन’ अभियान चलाएका छन्।
वडाबासीलाई कृषि तथा पशुपालन क्षेत्रमा सबल बनाउँदै सिङ्गो नगरपालिकालाई नै आत्मनिर्भर बनाउने उद्देश्यले वडैपिच्छे फरक फरक वस्तु उत्पादनमा जोड दिइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन्।
'सोअनुसार वडा नं १ र २ मा मौरीपालन, ३ मा अकबरे खुर्सानी, ४ मा कौसी तरकारी, ५ मा च्याउ, ६ मा स्थानीय जातका कुखुरापालन, नं ७ र ९ मा दूध, ८ मा आलु, १० मा तरकारी, ११ मा सुन्तला र १२ मा बाख्रापालन कार्यक्रम लागु गरिएको छ' उनले भनिन्।
कृषि तथा पशु उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन लागिएको बताउदैं उनी भन्छिन्, ‘अभियानअनुरुप काम भए नभएकाबारे समयसमयमा नगरपालिकाले अनुगमन गर्दै आएको छ।’
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया