रातोपाटी
नयाँ आर्थिक वर्ष सुरु हुँदैगर्दा जनताको सबैभन्दा बढी चासो स्थानीय तहको बजेटसँग हुन्छ । स्थानीय तहले ल्याउने बजेट र नीति तथा कार्यक्रम जनताको दैनिक जीवनसँग जोडिएको हुन्छ । गाउँमा बन्ने बाटोघाटो, पँधेरो, खानेपानीको पाइपलाइनदेखि कुलो, नहरसम्मको विषयसम्म समेटिने भएकोले संघीय बजेट र प्रदेश बजेटभन्दा स्थानीय सरकारले ल्याउने बजेटमा बढी चासो हुन्छ ।
उता स्थानीय तहको राजस्वले झनै दैनिक जनजीवनलाई छुन्छ । स्थानीयस्तरमा घरजग्गाको मूल्यांकन, सम्पत्ति कर, घरबहाल कर, सिफारिस शुल्कदेखि, पार्किङ शुल्कसम्मका विषय तय हुने गर्ने भएकोले यो बजेट चासोको विषय बन्न पुगेको हो । अहिले सबै स्थानीय तहहरु आगामी वर्षको बजेट निर्माणको तयारीमा जुटेका छन् । कानुनी प्रावधानअनुसार स्थानीय तहले असार १० गते गाउँसभा वा नगरसभा बोलाउनु पर्नेछ । सोही सभामा स्थानीय तहका प्रमुखले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ । नगरसभाले त्यो नीति तथा कार्यक्रम र बजेट पास गरेर स्थानीय राजपत्रमा प्रकाशन गरेपछि त्यो कार्यान्वयनको प्रक्रियामा जाने व्यवस्था छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया