रातोपाटी
नयाँ आर्थिक वर्ष सुरु हुँदैगर्दा जनताको सबैभन्दा बढी चासो स्थानीय तहको बजेटसँग हुन्छ । स्थानीय तहले ल्याउने बजेट र नीति तथा कार्यक्रम जनताको दैनिक जीवनसँग जोडिएको हुन्छ । गाउँमा बन्ने बाटोघाटो, पँधेरो, खानेपानीको पाइपलाइनदेखि कुलो, नहरसम्मको विषयसम्म समेटिने भएकोले संघीय बजेट र प्रदेश बजेटभन्दा स्थानीय सरकारले ल्याउने बजेटमा बढी चासो हुन्छ ।
उता स्थानीय तहको राजस्वले झनै दैनिक जनजीवनलाई छुन्छ । स्थानीयस्तरमा घरजग्गाको मूल्यांकन, सम्पत्ति कर, घरबहाल कर, सिफारिस शुल्कदेखि, पार्किङ शुल्कसम्मका विषय तय हुने गर्ने भएकोले यो बजेट चासोको विषय बन्न पुगेको हो । अहिले सबै स्थानीय तहहरु आगामी वर्षको बजेट निर्माणको तयारीमा जुटेका छन् । कानुनी प्रावधानअनुसार स्थानीय तहले असार १० गते गाउँसभा वा नगरसभा बोलाउनु पर्नेछ । सोही सभामा स्थानीय तहका प्रमुखले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ । नगरसभाले त्यो नीति तथा कार्यक्रम र बजेट पास गरेर स्थानीय राजपत्रमा प्रकाशन गरेपछि त्यो कार्यान्वयनको प्रक्रियामा जाने व्यवस्था छ ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया