नेपाललाई चीनले उचालेको भारतीय रक्षामन्त्रीको संकेत

एजेन्सी

मुम्बई

नेपालले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको समर्थन रहेको संकेत गरेका छन्।  

मंगलबार एक भारतीय टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै सिंहले चीनको नाम नलिई भनेका छन्, मैले कसैमाथि आरोप लगाउन चाहन्न तर केही न केही कतैबाट त अवश्य पनि छ,’ उनले भनेको छन्।  नेपालले जे गरिरहेको छ, त्यसमा चीनको हात हुन सक्छ भन्ने प्रस्तोताको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री सिंहले यस्तो बताएका हुन्।  नेपाल अरु कसैको स्वार्थमा चलेको भन्ने भारतीय सेना प्रमुखको भनाई सार्वजनिक भएको केही दिनपछि रक्षामन्त्री सिंहले पनि सेना प्रमुखको भनाईलाई बल पुग्नेगरी अभिव्यक्ति दिएका हुन्।  भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेले नेपालले उठाइरहेको लिपुलेकको विषय चिनियाँ स्वार्थमा रहेको संकेत गरेका थिए।  

जेठ २ गते भारतीय थिङ्क ट्याङ्क दि मनोहर पर्रिकार इन्सिच्युट अफ डिफेन्स स्टडिज एण्ड एनालाईसिस (एमपीआईडीएसए) को कार्यक्रममा बोल्दै उनले चीनको नाम नलिइ नेपालले अरु कसैको स्वार्थमा यो विषय उठान गरेको  आरोप लगाएका थिए।  

सिंहले नेपालसँग सयौँ वर्षदेखिको भावनात्मक सम्बन्ध भएकाले भारतले त्यो सम्बन्धलाई कुनै पनि हालतमा टुटन नदिने बताएका छन्। ‘यदी दुई देशकाबीचमा कुनै पनि किसिमको असमझदारी छ भने बसेर समाधान खोज्छौँ,’ उनले भनेका छन्।    

उनले भारतको नेपालसँग भावनात्मक र भाइको सम्बन्ध भएको बताएका छन्। ‘भलै नेपालमा कतिपय मान्छे यस्ता छन्, जो यता उता सोच्छन्, तर मैले कहिले पनि नेपालका बारेमा गलत सोच्न पनि सक्दिन र नेपालसँग हाम्रो सम्बन्ध बलियो बनाउनका लागि जे गर्नुपर्छ त्यो भारतले गर्छ,’ उनले भनेका छन्।  

अन्तरवार्ताका क्रममा सिंहले भारतले कसैको स्वाभिमानमाथि चोट नपुर्यापउने र अरु कसैले भारतको स्वाभिमानमाथि चोट पुर्याभएपनि नसहने बताएका थिए।  जबकी भारतले लामो समयदेखि नेपालको भूभागमाथि अतिक्रमण गरेर नेपालको स्वाभिमानमाथि चोट पुर्याएउँदै आएको छ।  नेपाल र भारतबीचको पछिल्लो विवाद र नेपालले नयाँ नक्सा सार्वजनिक गरेको विषय पनि भारतले नेपालको स्वाभिमानमाथि गरेको  हस्ताक्षपको परिणाम हो।  

प्रकाशित मिति: : 2020-06-03 22:58:18

प्रतिकृया दिनुहोस्