‘विदेशबाट फर्कन चाहने नेपालीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ हुनैपर्छ’ (भिडिओसहित)

देखापढी

काठमाडौँ

रोजिना थापा

सरकारले विभिन्न मुलुकमा समस्यामा परेका नेपालीलाई सम्बन्धित मुलुकबाट उद्धार गरेर नेपाल ल्याउने निर्णय गर्दै त्यसका लागि तयारीसमेत अघि बढाएको छ। अहिले विभिन्न मुलुकमा रहेका दूतावासहरूले त्यसबारे विवरण संकलन गरिरहेका छन्। विदेशबाट को-को आउन पाउँछन् ? उनीहरूलाई ल्याउने र व्यवस्थापन गर्ने प्रक्रिया के छ ? अनि, त्यसका लाग सरकारले के–के तयारी गरिरहेको छ भन्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग देखापढीका लागि रोजिना थापाले गरेको कुराकानीको सारसंक्षेपः

विदेशमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय सरकारले गरेको छ। अब को–को व्यक्ति कसरी आउन पाउँछन् ? 

यसमा सरकारले कार्यविधि पारित गरेर कस्तो व्यक्तिलाई पहिलो प्राथमिकता दिने भन्ने छुट्याएको छ। मूलतः अहिले विभिन्न श्रम गन्तव्य मुलुकमा काम गरेका नेपालीमध्ये विभिन्न घटनाले त्यहाँको जेलमा परेका र अहिले आममाफीमा छुटेकालाई हामीले प्राथमिकतामा राखेका छौं। त्यस्तै भिसा र काम गर्ने ठाउँको श्रम इजाजत सकिएकालाई पनि प्राथमिकतामा राखेका छौं। पढ्न गएका तर बेखर्ची भएका, आफन्त भेटन गएका तर हवाईसेवा बन्द भएर विभिन्न देशमा अड्किएका, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्राथमिकतामा राखेका छौं। कोरोना संक्रमण नभएका तर, अरु विभिन्न कारणले अस्वस्थ र घाइते भएकालाई पनि प्राथमिकतामा राखेका छौं। 

प्रकाशित मिति: : 2020-06-04 21:24:57

प्रतिकृया दिनुहोस्