लकडाउनले उकुसमुकुस खेल क्षेत्र, अब त खोले हुने हो !

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

“खेल नभएका कारण आम्दानी छैन। क्लबले पनि पछिल्लो दुई महिनाको पैसा नदिने भनेको छ। त्यसैले अहिले आर्थिक रूपमा कठिन अवस्थामा छु। ऋण लिएको पनि तिर्न सकेको छैन। घर चलाउनै गाह्रो भइसक्यो,” केही दिनअघि शीर्ष डिभिजन लिगको क्लब मनाङ मर्स्याङ्दीका एक खेलाडीले यसो भनेका थिए।

उनी मात्र होइन, अरू धेरै खेलाडी अहिले फुर्सदमा छन्। खेलबाहेक आम्दानीको अरू स्रोत नभएका उनीहरूले अहिले आर्थिक रूपमा कठिनाइ भोग्‍नु परिरहेको छ। फुटबलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग समाप्त भएपछि क्बलहरू मोफसलका प्रतियोगिताहरूमा व्यस्त भएका थिए। त्यसैबीच कोभिड-१९ महामारीका कारण ४ चैतदेखि खेलकुद प्रतियोगिताहरू स्थगित गरिए। त्यसपछि फुर्सदमा भएका खेलाडीहरू कहिले खेल क्षेत्र लयमा फर्केला र मैदानमा फर्किन पाइएला भनेर प्रतीक्षा गरिरहेछन्। सरकारले भने ३२ जेठसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: : 2020-06-05 11:26:36

प्रतिकृया दिनुहोस्