बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालय बाँकेले बारअनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै बन्दाबन्दीलाई पुनः कडाइ गरेको छ।
बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएकाले सो निर्णयलाई खारेज गरेर बन्दाबन्दीलाई थप
कडाई गरेको हो।
यसअघि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर बारअनुसार पसल व्यवसाय खोल्न दिने निर्णय गरेको बताउदैं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने, 'अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धितबाहेक अन्य पसल सञ्चालनमा रोक लगाएको छ।'
जिल्लामा अब बिहान ११ देखि दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित पसल मात्र सञ्चालन गर्न प्रशासनले सूचना जारी गरेको उनले बताए।
बारअनुसार पसल सञ्चालन गर्न दिने निर्णयको भोलिपल्ट बिहीबारमात्रै ४२ नयाँ सङ्क्रमित थपिएपछि प्रशासनले निर्णय फिर्ता लिई बन्दाबन्दीलाई पूर्णरूपमा पालना गर्न आग्रह गरेको हो।
जिल्लामा सङ्क्रमितको सङ्ख्या २५५ पुगेको छ भने ४० जनाले कोरोना पराजित गरी घर फर्किएका छन्। पछिल्लोपटक बिहीबार जानकी गाउँपालिकामा भेटिएका ४० जनालाई वडा नं २ जोगागाउँमा आइसोलेसन केन्द्र बनाइ व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया