कुकुरलाई साथी बनाउन सिकौं, अप्ठ्यारोमा सधैँ साथ दिन्छन्

देखापढी

काठमाडौँ

भनिन्छ, कुकुर मानिसको पुरानो साथी हो। मानव समाजको विकासक्रममा मानिसले संगत गरेको पहिलो जीव नै कुकुर हो। शिकारी युगदेखि अहिलेसम्म कुकुरहरू मानिसको साथी भएका छन्, कहिले शिकारमा साथ दिएर त कहिले रक्षक बनेर।

त्यसो त बफादारीका लागि पनि कुकुरहरू चर्चित छन्। हालै भएको एक वैज्ञानिक अनुसन्धानले कुकुरलाई साथी बनाउनुको अर्को फाईदा पनि उजागर गरेको छ।

उक्त अध्ययन अनुसार कुकुरले मानिसलाई मानसिक रोगसँग लड्न सघाउँछ। त्यसका लागि तालिमप्राप्त कुकुर नै हुनुपर्छ भन्ने छैन। तालिम नपाएको कुकुरले पनि मानिसको मानसिक स्वास्थ्यमा मद्दत पुर्‍याउँछ। त्यस्तै जस्तोसुकै अप्ठ्यारोमा पनि कुकुरले मानव साथीलाई साथ दिन्छन्। उसलाई मुश्किलबाट पार पाउन सहयोग गर्छन्।  

प्रकाशित मिति: : 2020-06-07 07:29:45

प्रतिकृया दिनुहोस्