मानिस फेरिएपछि चराहरू साथी बन्‍न थालेका छन्

देखापढी

कैलाली

दीपक नेपाल

विश्‍वव्यापी महामारी कोभिड-१९ का कारण मानिसहरू अलग्गिएका छन्। विश्‍व स्वास्थ्य संगठनले नै ‘भौतिक दूरी’ कायम गर्न भनेको छ। एक अर्कोबीच कम्तिमा डेढ मिटर दूरी कायम गर्दा कोरोना भाइरस संक्रमण हुने जोखिम कम हुने विज्ञहरूको राय छ। 

भौतिक दूरी कायम गर्नुपरेको यो नमिठो समयमा चराचुरूंगी र मानिसबीचको दूरी भने घटिरहेको छ। मानिसहरूको ओहोरदोहोर, भीडभाड र हल्लाखल्लाबीच आफ्नो गुँड पनि बनाउने ठाउँ पनि नपाउने चराचुरूंगी अहिले मानिसको नजिकै आएका छन्। करेसाबारी र घर(आँगनमै चराचुरूंगीले गुँड बनाउन थालेका छन्।

"मानिस देख्‍नासाथ उड्ने चराहरू अहिले स्वर मच्चाउँदै आहारा माग्न थालेका छन्," धनगढी उपमहानगरपालिका-५ की दुर्गा उपाध्याय भन्छिन्, "बिहान उठ्नेबित्तिकै टोकुलाझैं गरेर चराहरू नजिक आउँछन्। चामल छरिदिएपछि बल्ल चुप लाग्छन्।"

प्रकाशित मिति: : 2020-06-09 08:40:31

प्रतिकृया दिनुहोस्