राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।
यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो।
४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन्।
गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन्। १३ औं सागमा नेपालले १ रजत ४ कांस्य पदक जितेको थियो।
ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए। अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ।