लकडाउनमा गीत संगीतलाई निरन्तरता दिँदै संगीतकर्मी

काठमाडौं । गायक नरेश खातीको स्वर, शब्द तथा संगीतमा २३ जेठमा ‘माया मारेर’ बोलको गीत युट्युबमा सार्वजनिक भयो। लकडाउनका बेला घरमै बस्दा-बस्दा बोर बनेका दर्शकहरूले यो गीतलाई निकै रुचाए। गीतको चर्चा बढ्दो छ।

रेडियो, टेलिभिजन, युट्युब, सामाजिक सञ्‍जाल तथा टिकटकमा यो गीतले निर्माण पक्षले सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पायो। लकडाउनका कारण घरमै बसेका दर्शकलाई मनोरञ्‍जन प्रदान गर्ने उनको ध्येय थियो। गीत तयार भएपछि धेरै भीडभाड नहुने गरी सामाजिक दूरी कायम गर्दै शंखमुलमा रहेको एक विद्यालयमा म्युजिक भिडियो छायांकन गरिएको थियो।

 

प्रकाशित मिति: : 2020-06-22 08:51:49

प्रतिकृया दिनुहोस्