विश्व कराते महासंघद्धारा भारतीय करातेमा प्रतिबन्ध

विश्व कराते महासंघ (डब्ल्यूकेएफ) ले भारतीय कराते संघलाई प्रतिबन्ध लगाएको छ। 

नियम विपरित गत वर्ष निर्वाचन गराएको भन्दै महासंघले अस्थायी रूपमा भारतीय करातेलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

भारतका लागि २१ दिनभित्र डब्ल्यूकेएफको कानुनी शाखामा अपील गर्ने मौका छ। महासंघले गत जनवरीमा भएको निर्वाचनमा नियमको अनुसरण नगरेको आरोप लगाउँदै भारतीय कराते संघका अध्यक्ष हरिप्रसाद पटनायकलाई पत्र पठाएको हो। 

भारतीय करातेमा पहिलेदेखि नै गुट उपगुट रहेको छ। गुटबन्दीको झगडाकै बीच निर्वाचन भएको थियो। डब्ल्यूकेएफले २२ जुनमा भारतीय करातेलाई निलम्बन गर्ने निर्णय गरेको हो। 

भारतले प्रतिबन्ध नहटेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा डब्ल्यूकेएफको झण्डामा मात्र खेल्न पाउने छ, भारतको तिरंगा झण्डामा खेल्न पाउने छैन।

प्रकाशित मिति: : 2020-06-25 13:33:08

प्रतिकृया दिनुहोस्