खेलकर्मीको चासो : कहिले होला राष्ट्रिय खेलकुद

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

गत मंसिरमा सम्पन्न तेह्रौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाएको ऐतिहासिक सफलताबाट नेपाली खेलकुद क्षेत्र उत्हासित थियो। तर, ऐतिहासिक रूपमा प्राप्त ५२ स्वर्ण पदकको जोश सेलाउन नपाउँदै कोभिड–१९ महामारीका कारण लकडाउन लागू भएपछि खेल क्षेत्र सितांग भएको छ। खेलाडी निराश छन्। 

महामारीको असर कहिलेसम्म रहन्छ ? कसैलाई थाहा छैन। विश्वभरका वैज्ञानिकहरूले निकाल्ने गरेका तथ्य समयक्रममा गलत सावित भइरहेका छन्। कोरोना भाइरसले ठाउँपिच्छे फरक स्वभाव देखाइरहेको छ। न कुनै औषधि छ, न खोप पत्ता लगाउने प्रयासले नै सार्थकता पाएको छ। 

यस्तो अवस्थामा नेपाली खेल क्षेत्रले कसरी भविष्यको आकलन गर्नु ? निरिह भएर नेपाली खेलाडीहरू महामारीको त्रासबाट मुक्त हुने समयको प्रतीक्षा गरिरहेका छन्। अवस्था सामान्य भए खेल गतिविधि शुरू होला भन्ने आशा बोकेर बस्नुबाहेक खेल क्षेत्रसँग अर्को विकल्प पनि छैन। युरोपमा पछिल्लो समय शुरू गरिएको ‘क्लोज डोर’ (दर्शकबिनाको खाली रंगशालामा) फुटबलजस्तो नेपालमा खेल गतिविधि गर्न सम्भव नभएको सबैले बुझेकै छन्।

प्रकाशित मिति: : 2020-06-27 09:10:36

प्रतिकृया दिनुहोस्