सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍याे

सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍याे

बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।  प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको हाे। 

मंगलबार ९१ हजार २ सयमा कारोबार भएको सुन आज ५ सयले बढेकाे छ। यसअघि सबैभन्दा उच्च मूल्य प्रतितोला ९१ हजार ३ सयसम्म कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ।   
 

प्रकाशित मिति: Jul 01, 2020 12:11:38

प्रतिक्रिया दिनुहोस

सबै