बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ।
दिउँसो साढे १२ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिक्लेकाेले भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको भएकाे छ।
नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ। आज बाँकी रहेकाे कुरा भाेलि बैठक अघि हुने स्राेतले बताएकाे छ।
छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए।
भारतविरुद्ध अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीले आफैँ प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाडे बहुमतका बलमा हटाउने तयारी कार्यकारी अध्यक्ष प्रचण्डले गरेपछि नेकपाभित्र गम्भीर संकट पैदा भएको छ।
बिहीबारको स्थायी कमिटी बैठकले शुक्रबार एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय गरेको थियो।
प्रचण्ड– माधवकुमार नेपाल पक्ष बहुमतका आधारमा प्रधानमन्त्री हटाउने निष्कर्षमा पुगेकाे छ। ओली पक्षले भने विधानको दुई अध्यक्षको सहमतिमा पार्टी चल्ने व्यवस्थालाई टेकेर प्रधानमन्त्री र अध्यक्ष पद नछाड्ने बताउँदै दुई अध्यक्ष बसेर निकास खाेज्न दबाब बढाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया