लोकान्तर
नेपाली समाजले केही दशकयता रोजगारीका लागि युवा पलायनको समस्या झेलिरहेको छ । धेरै नेपाली युवाहरू मध्यपूर्वका देश (साउदी अरब, कतार, मलेसिया र दुबई) गएका छन् भने केही अध्ययन र बिजनेशका लागि पनि युरोप र अमेरिका छिरे ।
युरोप छिरेकाहरू बिरलै नेपाल फर्किने गरेको पाइन्छ तर रुपन्देहीको तिलोत्तमाका शशी पौडेल सरकारी जागिर र त्यसमाथि सपनाको देश अमेरिकाको भिसा पाएर पनि दुवै त्यागेर देशमै केही गर्न गाई पालेर बसेका छन् ।
राम्रो कमाइ गर्न युरोप अमेरिका जानुपर्छ भन्ने मान्यतालाई छाडेर गाईपालन रोजेको पौडेलले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ टिकुलीगढस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक पौडेल १० वर्षभित्रै देशकै अगुवा व्यावसायिक पशुपालक किसान बनेका छन् ।
नामी किसान पौडेल भन्छन्, ‘म अमेरिका गएको भए पनि सन्तुष्ट हुने थिइनँ होला, अहिले देशमै गाईपालनले पूर्ण सन्तुष्टि दिएको छ ।’ पशुपालक कृषक पौडेलको फर्म हेर्न पुग्ने जोकोहीले पनि फरक सोच र योजना भए नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोच बनाएर फर्किन्छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया