प्रतियोगिताको मिति पक्का भइसक्यो, नेपाली टिमको प्रशिक्षण अनिश्चित

देखापढी

काठमाडौँ

सुजन श्रेष्ठ

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको असार २ गते बसेको आपतकालीन बैठकले सम्बन्धित निकायबाट स्वीकृति लिई चाँडै राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको थियो।

तर, आजको दिनसम्म पनि राष्ट्रिय टीमको प्रशिक्षणबारे टुंगो लगेको छैन। कोभिड-१९ महामारीका कारण चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। त्यसयता नेपालको सम्पूर्ण फुटबल गतिविधि स्थगित छ।

तर, जुन ५ मा एशियाली फुटबल महासंघले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई कम्तीमा राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्न दबाब परेको छ।

प्रकाशित मिति: : 2020-07-10 09:39:35

प्रतिकृया दिनुहोस्