विम्बल्डन नखेले पनि ६ सय २० खेलाडीलाई १५० करोड रुपैयाँबाट पुरस्कृति गरिने

विश्वको चर्चित खेल प्रतियोगिता विम्बल्डनको यो पालीको खेल सबै कोरोनाका कारण स्थगित भइसकेको छ। तर, आयोजक अल इंग्ल्याण्ड क्लबले प्रतियोगितासँग जोडिने ६ सय २० खेलाडीलाई करिब १ सय ५० करोड रुपैयाँ बाढ्ने भएको छ।

क्लबका अधिकारीले प्रतियोगिताको इन्स्योरेन्सबाट प्राप्त हुने रकम सबै खेलाडीमा बाढ्ने बताएका छन्। यसका लागि इन्स्योरेन्स कम्पनीसँग वार्ता भइरहेको अधिकारीले बताएका छन्। प्रतियोगिता यो वर्ष २९ जुनमा तय गरिएको थियो। 

दोस्रो विश्व युद्धपछि कोरोनाका कारण प्रतियोगिता स्थगित गर्नु परेको थियो। ७५ वर्षपछि रोकिएको यो प्रतियोगिता २८ जुनबाट सुरु भएर ११ जुलाईमा समाप्त हुँदैथियो। 

आयोजकले मुख्य टाइसिटमा समावेश २ सय ५६ खेलाडीमध्ये प्रत्येकलाई ३६ लाख रुपैयाँ दिइने र क्वालिफाइङ राउण्ड खेल्ने २ सय २४ खेलाडीमध्ये प्रत्येकले १८ लाख रुपैयाँ पाउने बताइएको छ। 

डबल्सतर्फ १ सय २० खेलाडीमध्ये सबैले ९ लाख रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै, व्हीलचेयर इभेन्टमा सहभागी १६ खेलाडीले ८ लाख पाउने बताइएको छ। 

आयोजकलाई प्रतियोगिता स्थगित गर्दा ४० हजार करोड घाटा लागेको छ।

प्रकाशित मिति: : 2020-07-11 13:01:59

प्रतिकृया दिनुहोस्