उसेन बोल्टले भने– गुरुले आदेश दिए म पुनः खेलमा फर्किन्छु

विश्वको तीब्र गतिका धावक उसेन बोल्टले सन्यासको निर्णय फिर्ता लिने संकेत गरेका छन्। तर, यसका लागि गुरूको निर्णय आवश्यक भएको उनको भनाई छ।

उनले हालै दिएको एउटा अन्तर्वार्तामा तत्काल आफूले सन्यासको निर्णय फिर्ता नलिने बताए पनि प्रशिक्षकले भनेको खण्डमा आफू ट्रयाकमा फर्किन तयार भएको बताएका छन्। 

११ पल्टको विश्व च्याम्पियन जमैकाका बोल्टले रियो ओलम्पिकपछि २०१७ मा सन्यास लिएका थिए। आफ्नो अन्तिम प्रतियोगितामा उनले रजत जितेका थिए। 

बोल्टको नाममा सय मिटर स्पर्धामा लगातार तीन ओलम्पिक स्वर्ण जित्ने इतिहास छ। ३३ वर्षका बोल्टले ओलम्पिकमा ८ वटा मेडल जितेका छन्। 
बोल्टको नाममा सय मिटर दौड ९ दशममलव ५८ सेकेन्ड र २ सय मिटर दौड १९ दशमलव १९ सेकेन्डमा पुरा गर्ने विश्व कीर्तिमान छ। उनले बेइजिङ, लन्डन र रियो ओलम्पिकमा लगातार स्वर्ण जितेका थिए। 

बोल्टले भने, ‘यदी मेरो प्रशिक्षक आएर मलाई भने, हिँड फेरि एकपल्ट गरौं। म हुँदैन भन्न सक्दिन। किनभने म आफ्नो प्रशिक्षकप्रति निकै विश्वास गर्छु। मेरो भनाई यदी उनले यसो भनेको खण्डमा सबै सम्भव छ।’
 

प्रकाशित मिति: : 2020-07-11 13:51:22

प्रतिकृया दिनुहोस्