नयाँ पत्रिका दैनिक
मुना कुँवर/प्रकाश धौलाकोटी
सानैमा बुबा बितेर आमाले पनि छाडेकी भक्तपुरकी २२ वर्षीया अभिस्ना ठकुरी (नाम परिवर्तन) ले किशोरी हुँदै गएपछि विदेश गएर आफ्ना रहर पूरा गर्ने सपना देख्न थालिन् । विदेश गएर काम गर्ने सपना एक म्यानपावर कम्पनीले पूरा पनि गरिदियो । जब उनी दुबई पुगिन्, उनको सपना भताभुंग भयो । उनले काम गर्ने भनेको कुनै ठूलो कम्पनीमा नभएर व्यक्तिगत घरमा थियो । त्यो पनि दिनको १६ घन्टासम्म ।
अभिस्ना राजधानीको म्यानपावर कम्पनी गल्फ इनोभेसन म्यानपावरमार्फत दुबई पुगेकी थिइन् । म्यानपावरले दुबईस्थित सिटिमेड क्लिनिङ कम्पनीमा सरसफाइको काम ८ घन्टा गर्नुपर्ने बताएको थियो । त्यसका लागि अभिस्नाले म्यानपावर कम्पनीलाई एक लाख २० हजार रुपैयाँ बुझाएकी थिइन् । तर, सम्झौताअनुसारको काम, पारिश्रमिक र सुविधा नपाएपछि उनले नेपाल नै फर्कने सोच बनाइन् । नेपाल फर्कन म्यानपावरलाई सम्पर्क गरिन् । तर, म्यानपावरले उनको पीडा सुनेन ।
संखुवासभाकी २३ वर्षीया सनम कार्की (नाम परिवर्तन) को कथा पनि अभिस्नाको भन्दा फरक छैन । १६ वर्षको उमेरमै मागी विवाह भए पनि छोरो जन्मिएपछि सम्बन्धविच्छेद हुन पुगेकी सनमको विकल्प विदेश गएर पैसा कमाउने थियो । अन्त्यमा इनोभेसन म्यानपावरमा ठोक्किन पुगिन् । तर, जब दुबई पुगिन्, उनी झाँगाबाट खसेजस्तै भइन् । उनले कम्पनीसँग जुन सम्झौता गरेकी थिइन्, सोबमोजिमको काम थिएन । दैनिक २–३ वटा घरमा पुगेर काम गर्नुपथ्र्यो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया