गलैँचाको ऊन काट्ने जयकलाको संघर्ष र सफलता!

कुनै बेला काठमाडौंको धागो कारखानामा गलैँचाको ऊन काट्थिन् ४२ वर्षिया जयकला बस्नेत। ऊन काटेर जिविका चलाऊन गाह्रो भएपछि सुरक्षागार्डको कामसमेत काम गरिन्।

तर अहिले तिनै जयकलाले काठमाडौंमा करोडौँको जेथो मात्रै जोडेकी छैनन्, काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा ५ तला र साँढे दुई तलाका दुई वटा घर नै बनाइसकेकी छन्। यति मात्रै होईन् , जयकलाले गोठाटार मै मनमुरी कृषि सहकारी संस्था लिमिटेड खोलेकी छन् र यही सहकारीमार्फत गोठाटारमा कृषि उपज बजार समेत सञ्चालन गरेकी छन्।

दुखःका ती दीन

२०३५ साल चैत २६ गते उदयपुरको बेलखा, रामपुरको भट्टराई परिवारमा जन्मिएकी जयकलाले एसएलसी दिएपछि तत्कालिन शाही नेपाली सेनामा कार्यरत खोटाङका डम्बर बहादुर बस्नेतसँग प्रेम विवाह गरेर काठमाडौं आईन्।

काठमाडौंमा डेरा गरेर बस्ने ऊनीहरूलाई सेनाको तलबले जिविका चलाऊन हम्मेहम्मे परेपछि जयकलाले गलैँचा बुन्न प्रयोग गरिने ऊन काट्ने काम थालिन्। ऊन काटेर ऊनले दैनिक ३ सय रुपैयाँ मुस्किलले कमाउथिन्। त्यसैले जयकलाले टोपी पञ्जा बुन्ने र गार्मेन्टमा समेत कपडा कटिङ गर्ने काम गरिन्।

कुरो २०५३ साल तिरको हो। दैनिक ज्यालादारीले जीवन निर्वाह नहुने देखेपछि जयकला काठमाडौं सेक्रेटरी सर्भिसमा भर्ना भईन् र विभिन्न बैंकमा महिला सुरक्षागार्डको काम सुरू गरिन्। त्यतिबेला ऊनिहरु काठमाडौंको डल्लुमा बस्दै आएका थिए।

यस्तैमा जयकलाले पहिलो सन्तानको रूपमा छोरा युवराजलाई जन्म दिईन्। तर भगवान बैरी बने, छोरा युवराज जन्मदै ब्रेन ह्यामरेजका रोगी भए। टाउकोमा पानी जमेको भन्दै डाक्टरको सल्लाहमा उपचार थालियो । उपचार हुँदै गर्दा ५ वर्षको उमेरमा युवराजले संसार छाडे। छोराको उपचारको क्रममा ११ लाख रुपैयाँ ऋण लाग्यो । श्रीमान डम्बर छोराको उपचारको ऋण तिर्न भन्दै सेनाको जागिर छाडेर इराक भासिए, पुत्र वियोगमा परेकी जयकला सबै काम छोडेर डल्लुमा सानो किराना पसल चलाऊन थालिन्।

कृषिले कायापलट

इराकमा १२ नेपालीको हत्या गरिएपछि जयकलाका श्रीमान स्वदेश फर्किए। बिदेशको कमाईले ऊनीहरूले छोराको उपचारमा लागेको ऋण तिरिसकेका थिए भने गोठाटारमा किनेको पौने ४ आना जग्गामा घर बनाऊन थालेका थिए। डल्लुको किराना पसललाई गोठाटारमा सारेर होलसेल पसल चलाए।

यस्तैमा जयकलाले कृषि काम गर्ने निधो गरेर गोठाटारमै २५ रोपनी जग्गा भाडामा लिइन्। त्यसपछि ३ व्यसपरगवान बैरी बने न्म दिईन् े टा ट्याक्टर लिएर आफ्नो मात्रै खेत जोतेनन् भाडा लिएर गोठाटार भरिका खेतबारी जोत्ने काम गरे।

कृषि पेशाका लागि ऊनीहरूले १७ जना त कामदार मात्रै राखिएको थिए। जयकला सम्झिन्छिन्, ‘कृषि सुरु गर्दै गर्दा फर्निचर उद्योग पनि खोल्यौं। कृषि र फर्निचरले मनग्ये आम्दानी हुन थाल्यो। त्यसपछि किरानाको होलसेल बन्द गर्‍यौं’, ऊनले भनिन्।

कृषिको बजारको समस्या भयो। अब के गर्ने त? जयकलाले आईडिया लगाईन्, ‘कृषि बजार किन नखोल्ने । त्यसपछि जयकलाले मनमुरी कृषि  सहकारी संस्था लिमिटेड गठन गरिन्। अनि अध्यक्ष पनि आफैं बनिन्। र यही कृषि सहकारीले गोठाटारमा कृषी उपज बजार सञ्चालनमा ल्यायो।

कागेश्वरी मनहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार, नागरिक मार्गमा कृषि बजार सञ्चालनमा आएपछि जयकलाको चर्चा चुलियो। सबैले जयकलाको हिम्मतको प्रसंशा गर्न थाले।

४ रोपनी ६ आना जग्गा क्षेत्रफलमा सञ्चालन गरिएको उक्त कृषि बजारको २८ वटा सटर भाडामा लगाईएको छ।

कृषि उपज बजारमा तरकारी, फलफूल, मासु माछा, कफि सप, खाद्यान्न, भेटेनरीलगायतका थोक तथा खुद्रा पसलहरु सञ्चालनमा आएका छन्।

सहकारीमा ५५० सदस्य छन्। सहकारीका सदस्यलाई मात्रै सटर उपलब्ध गराईएको छ। जयकलाका अनुसार थोरै पूँजि भएकालाई सहकारीले प्रोत्सहान गर्ने गरेको छ।

सरकारले पनि यो बजारको स्तरीकरण गर्न सहयोग गरेको छ। कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्धन केन्द्रले २६ लाख २५ हजार अनुदान उपलब्ध गराएको थियो। सहकारीले १ करोड ६७ लाखको लागतमा बजार स्थापना गरेको हो।

यो बजारलाई थोक बजारको रुपमा स्थापित गरेर उपत्यकाभरि कृषि सामाग्रीहरु वितरण गर्ने योजना रहेको जयकलाले बताईन्।

यो कृषि बजारलाई अझै बिस्तार गर्ने योजना जयकलाको छ । सरकारले अनुदान दिए बजार हातामै चिस्यान केन्द्र खोल्ने योजना सुनाउँदै जयकला भन्छिन्, ‘चिस्यान केन्द्रको लागि हामीले जग्गा छुट्याएर राखेका छौं। सरकारले सहयोग गरे तत्काल सञ्चालनको तयारी गर्छौ।’

अहिले कार चढ्छिन् , करोडौको कारोवार गर्छिन्

कृषि र फर्निचर ब्यवसाय फस्टाईरहँदा जयकलाले जयलक्ष्मी एग्रिकल्चर प्रा.लि. दर्ता गरिन् र लोप हुन लागेको कोदो, फापरको पिठो, मकैको च्याँख्ला, गुन्द्रुक, मार्सी धानको चामल, ढाकाका सामाग्री लिएर विदेश दौडाहा थालिन्।

यस क्रममा जयकला दक्षिण कोरिया र थाईल्याण्ड गईन्। अहिले जयकला प्रोपाईटर रहेको जयलक्ष्मी एग्रिकल्चरले कोदो, फापरको पिठो, मकैको च्याँख्ला, मार्सी धानको चामल र गुन्द्रुक दक्षिण कोरिया र थाईल्याण्ड सप्लाई गर्छ। जन्मथलो उदयपुरको रामपुरमा पनि जयलक्ष्मीको शाखा खोलेकी छन्। भन्छिन्, ‘जयलक्ष्मी एग्रिकल्चरको ७७ जिल्लामै शाखा बिस्तार गर्ने योजनामा छु।’

उदयपुरमा २ हजार बिगाहा जग्गा भाडामा लिएर कृषि गर्ने तयारी गरिरहेकी जयकलाले उदयपुरका ४२ सय किसानलाई संगठित गरिसकेकी छिन्। यसका लागि १४ करोड बजेट विनियोजना गरिएको जयकलाले जानकारी दिईन्।

त्यस्तै काठमाडौंको नांग्ले भारेमा १० रोपनी जग्गा किनेकी जयकलाले त्यहाँ ५ करोडको लगानीमा एग्रो टुरिजमको अवधारणामा आउँदो आर्थिक वर्षबाट काम सुरु गर्दैछिन्। नाग्ले भारेमा गाई, भैँसी, रागाँ, बाख्रा, लोकल कुखुरा, टर्कि पाल्ने योजना बनाएकी जयकलाले त्यहाँ होमस्टे पनि सञ्चालन गर्ने भएकी छिन्।

कुनै बेला गलैँचाको ऊन काट्ने र सुरक्षागार्डको काम गरेकी जयलक्ष्मीको नाममा काठमाडौंमा २ वटा घर छ, १८ रोपनी जग्गा छ। कमला श्रेष्ठ सभापति रहेको उद्योग वाण्ज्यि महासंघको महिला विकास समितिको केन्द्रीय सदस्य समेत रहेकी जयकला कार चढ्छिन्।

दुई छोराहरु बिश्वराज र विशान्तकी आमा जयकलाले भनिन्, ‘संघर्ष अझै जारी छ, नेपाललाई एग्रो टुरिजममय बनाऊने लक्ष्य छ।’

जयकलाले सुरु गरेको कृषी उपज बजारलाई सहयोग गरिरहेको कागेश्वर मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापा भन्छन्, ‘जयकला नेपाली महिलाको संघर्षको प्रतिमूर्ति हुन्।’

प्रकाशित मिति: : 2020-07-12 12:37:30

प्रतिकृया दिनुहोस्