भाङ गाँजा ख्वाएर शीतलनिवास लगेको हो ? (भिडिओसहित)

पार्टी एकीकरण गर्‍यो भने चुनावमा जितिन्छ, सरकार बनाउन पाइन्छ- यही उद्देश्यले प्रचण्डले एमालेसँग एकता गरेका थिए। चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत आयो। जब सरकार बनाउने कुरा भयो, पद पाउने कुरा भयो तब झगडा सुरु भयो। 

पार्टी भनेको आफैंमा एउटा अन्तरविरोध हो। अन्तरविरोध ठूलो कुरा होइन। तर, नेताहरूले त्यस्तो बेलामा कस्तोे भूमिका खेल्छन् भन्ने कुराले धेरै अर्थ राख्छ र प्रभाव पनि।

एउटा असल नेताले दुई साथीको बीचमा अन्तरविरोध भयो भने झगडा मिलाउने र अघि बढाउने गर्नुपर्छ। तर, प्रचण्डमा सधैँभरि अन्तरविरोधमा खेल्ने, अनि दुवैको नेता बन्ने र खुसी हुने प्रवृत्ति छ। यस्तो भूमिका उहाँले नेकपा माओवादीमा हुँदा पनि धेरै खेल्नुभयो। बाबुराम (भट्टराई) र किरण (मोहन वैद्य)का बीचमा पनि उहाँले खेलेको भूमिका त्यही हो।

प्रकाशित मिति: : 2020-07-23 00:20:57

प्रतिकृया दिनुहोस्