रोशन दियाली
जब म घाम बनी
तिम्रो मुहार रुझाउँछु
तिमी कोपिला सरी
मुस्काएर ओइली झर्छौ।
जब म जून बनी
तिम्रो ढुकढुकी निहाल्छु
तिमी हिउँ बनी
चिसो होइदिन्छौ।
प्रिये! म घाम हुँदा
तिमी रातको जून बनी
अँध्यारोमापनि मेरो
मुहार देखाई देउन।
सूर्यमुखी सरी ,घामको
ताप सँग नडराई प्रेममा
म जता जान्छु
तिमी त्यतै हेरी देउन।
रातको रानी सरी, जून सँग
प्रेममा मौलाएर
मगमागाई देउन।
जून र घाम जस्तै
कहिले नभेटे पनि
हाम्रो यो साइनो
युगौं - युग सम्म
अमर बनाई देउन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया