बिएल संवाददाता
सर्लाही जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ।
जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका आवश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको प्रजिअ पौडेलले बताए।
औषधि, उपचार, खाद्यान्न वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अति आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्किने, अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध बोक्ने र खाद्य वस्तु बोक्ने सवारी साधन, शव बाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर सञ्चालन नगर्ने आदेश दिइएको उनले बताए।
अति आवश्यक उपभोग्य सामग्रीहरु बिक्री गर्ने स्थायी प्रकृतिका पसलहरु, पेट्रोल पम्पहरु, ग्यास डिपोहरु, औषधि पसलहरु बहेक दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक हाट बजार मेला नलगाउन र आर्थिक, राजनीतिक, समाजिक, धार्मिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा सम्मेलन, भोजभतेर जस्ता समूहमा भेला हुने कार्य नगर्ने, नगराउने गरी आदेश जारी गरिएको छ।

बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया