‘राजाको दरबारमा पेटभरी खान पनि पाइन’ (भिडिओसहित)

देखापढी

काठमाडौं

मञ्जु कार्की

चित्रबहादुर केसी, नेपाली राजनीतिमा सामान्यमात्र चासो राख्नेका लागि पनि नयाँ नाम होइन। ६ दशकभन्दा लामो समयदेखि राजनीतिमा निरन्तरता दिएका केसी सरल, सहज र मिठासपूर्ण तरिकाले चोटिला अभिव्यक्तिका लागि परिचित छन्।

संघीयताविरोधी कम्युनिष्ट नेता केसी आफ्ना कुरा स्पष्ट राख्ने प्रखर वक्ता हुन्। राजनीतिमा सादगी नेता केसीको अर्को परिचय हो। त्यसैले त ९ महीना उपप्रधानमन्त्री भएका केसी अहिले पनि काठमाडौंमा डेरामै बस्छन्। ८१ वर्षको उमेरमा पनि काठमाडौंका सडक पैदलै नाप्छन्। बागलुङमा नेता केसीको प्रभाव रवाफिलो छ, घरानीया राजनीतिज्ञको जस्तो। 

बागलुङबाट उनी दुई पटक सांसद भए। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष केसी एकपटक समानुपातिक सांसद पनि भए। नेपाली राजनीतिमा लामो समयदेखि चर्चामा रहे पनि उनको यात्राले कहिल्यै फराकिलो राजमार्ग पाएन। जनताका बोली जनताकै भाषामा बोल्ने कारण उनी लोकप्रिय छन्। देखापढीले केसीको राजनीतिक यात्राका उकाली-ओराली उनकै शब्दमा प्रस्तुत गरेको छ :

प्रकाशित मिति: : 2020-08-07 12:52:20

प्रतिकृया दिनुहोस्