
एजेन्सी
भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ आएको छ ।
भारतीय अखबर दैनिक भास्कर का अनुसार उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयुको गैर कोभिड वार्ड राखिएको अस्पताल श्रोतले जनाएको छ।
अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए । उनी गत महिनामात्र कोरोनाबाट मुक्त भएका हुन् । उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताए ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया