
बिमला गुप्ता
नारायणी अस्पताल वीरगञ्जमा आइतबार बिहान तोडफोड भएको छ।
निजी अस्पतालले भर्ना नलिएपछि शनिबार राति अकालमै ज्यान गुमाएकी छपकैया २ निवासी २० वर्षीय बिष्णु लामाका परिवारजन तथा टोलीवासीले आज बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म अस्पताल भित्रका गाडी तथा गमलाहरु तोडफोड गरेका हुन्।
नारायणी अस्पतालको अर्को भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेको बेला अचानक एक हुल आएर पार्किङमा राखेको गाडीहरुमा ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा प्रहारमा डा. उदय नारायण सिंहको ना १२ च ५९६६ नम्बरको गाडीको सिसा फुटेको छ भने अन्य क्षती भएको छ।
प्रहरीले लाठिचार्ज गरेपछि अहिले स्थिति सामान्य भएकाे छ।
नारायणी अस्पतालमा सामान्य सेवा सुचारु बन्द भएकाले निजी अस्पतालले समेत भर्ना गर्न नमानेकाे कारणले अकालमै बिरामीले ज्यान गुमाउनु परेको परिवाजनले दावी गरेका छन्।
दिनुहुँ आम नागरिकले ज्यान गुमाउनु परेको घटना सार्वजनिक हुँदापनि अस्पताल प्रशासन मौन बस्ने गरेकाले यस्तो घटना फेरि नहोस् भनेर पुनः नारायणीलाई जेनरल अस्पतालको रुपमा सेवा सुचारु गर्न मृतकका परिवारले माग गरेका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया