फर्मुला वान टिम रेसिङ चालक सर्जियो पेरेज कोरोना संक्रमणमुक्त

एजेन्सी

काठमाडाैं

 फर्मुला वान टिम रेसिङ चालक सर्जियो पेरेज कोरोना संक्रमणमुक्त भएका छन् ।

मेक्सिकन चालक पेरेजलाई मेक्सिको गएपछि कोरोना देखिएको थियो । त्यसपछि उनी करिब दुई साता सेल्फ आइसोलेसनमा बसेका थिए ।

३० वर्षीय पेरेजमा कोरोना संक्रमण देखिएपछि दुई ठूला प्रतियाेगिता त्यागेका थिए। जसमध्ये ब्रिटिस ग्राण्ड प्रिक्स पनि एक हाे।

अब पेरेजले स्पेनिस ग्राण्ड प्रिक्स खेल्ने छन् ।

प्रकाशित मिति: : 2020-08-14 13:56:00

प्रतिकृया दिनुहोस्