फरक समूहको रगत चढाउँदा बिरामीको मृत्यु कसरी हुन्छ ? (भिडिओसहित)

देखापढी

काठमाडौँ

विनय कुमार

सुत्केरी ब्यथा लागेर अस्पताल पुर्‍याइएकी २३ वर्षिया युवती गंगादेवी महतोले अघिल्लो बिहीबार जनकपुरस्थित रामजानकी अस्पतालको शय्यामै प्राण त्याग्नुपर्‍यो। कारण थियो, फरक ग्रुपको रगत चढाइनु। महतोको रगत ‘ओ पोजिटिभ ग्रुप’को थियो। तर, अस्पतालको गल्तीमा उनलाई ‘बी पोजिटिभ’ रगत चढाइयो। जसका कारण दिउँसो ४ बजे अस्पताल भर्ना गरिएकी महतोको त्यही राति ज्यान गयो।

शल्यक्रियाबाट छोरी जन्माएपछि महतोको शरीरमा रगतको कमी भएको थियो। जसका कारण उनलाई तत्काल रगत चढाउनुपर्ने भयो। अस्पतालले रेडक्रसबाट ल्याएको रगत चढाउन ढिलो गरेन। तर, दुई पोका रगत चढाएपछि सुत्केरी महिला झनै सिकिस्त भइन्। शुरूमै गरिएको लापरवाहीका कारण त्यसपछि जति प्रयास गर्दा पनि उनको प्राण बचाउने प्रयास सफल भएन। 

रेडक्रस र अस्पतालको लापरवाहीले ज्यान गएकोमा पीडित परिवार आक्रोशिात छ। देखापढीले यसै विषयमा रक्तसञ्चार विज्ञ डा. विपिन नेपाललाई सोधेको थियो, ‘फरक ग्रुपको रगत चढाउँदा बिरामीको मृत्यु कसरी हुन्छ?’

प्रकाशित मिति: : 2020-08-15 07:22:24

प्रतिकृया दिनुहोस्