बिएल संवाददाता
पार्वती शाह ठकुरी
भरतपुर महानगरपालिका देशका सबै क्षेत्रबाट आवतजावत गर्ने ठाउँ हो। ट्रान्जिट भएका कारण यहाँ संक्रमणको जोखिम उच्च छ। जिल्लाका अन्य भागको तुलनामा महानगर क्षेत्रमा संक्रमण दिनहुँ बढेको देखिन्छ। २-३ दिन यता झनै धेरै देखिएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौँ। समुदायस्तरमा कोरोना फैलिएका कारण निषेधाज्ञा गर्नुको विकल्प रहेन।
दूध तथा तरकारी किनमेल र एकदमै आपत्कालीन काममा बाहेक दुई सातासम्म कोही पनि घरबाट निस्कन पाउँदैन। यतिन्जेल हामीले संक्रमण देखिएका क्षेत्रमा सिल गरेर पिसिआर परीक्षण गर्ने तथा भीड धेरै हुने क्षेत्रको पिसिआर परीक्षण गर्ने तयारी पनि गरेका छाैं।
हाम्रो आम्दानीको स्रोत त कर नै हो। तर महामारीले गर्दा पोहोरको जति कर उठेको छैन। तर रकमान्तर गरेर भए पनि कोरोना नियन्त्रणका लागि बजेट छुट्टयाउने हाम्रो तयारी छ। महानगरको विपद् व्यवस्थापन कोष छ, त्यसअन्तर्गत रहेको कोरोना कोषले काम गरिरहेको छ। प्रदेश सरकारले कोरोना महामारीको सुरुमा नै भरतपुरमा कोरोना अस्पताल बनाउने बेलामा सहयोग गरेको हो। त्यस यता भने सहयोग आएको छैन। केन्द्र सरकारबाट पनि यति नै सहयोग भनेर पनि आएको छैन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया