महामारीपछि स्वास्थ्य पूर्वाधारमा तीन अर्ब लगानी, कोरोनासँग जुध्दै बनिरहेका छन् स्थायी संरचना

देखापढी

काठमाडौँ

उद्धव थापा

कोभिड-१९ महामारीअघि नेपालका स्वास्थ्य क्षेत्रमै पनि पोलिमरेज चेन रियाक्सन (पीसीआर) भन्ने शब्दका बारेमा निकै थोरै मानिस मात्रै जानकार थिए। पीसीआर परीक्षणको केही प्रयोगशाला त थिए तर, त्यसमा कोभिड-१९ को पीसीआर परीक्षण हुन सक्दैनथ्यो। 

२०७६ माघको पहिलो साता चीनको वुहानबाट फर्किएका एक युवामा कोभिड-१९ को लक्षण देखिएपछि उनको स्वाव परीक्षणको लागि नमूना विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाएर परीक्षण गरिएको थियो।

९ माघमा हङकङबाट रिपोर्ट आएपछि मात्र चीनबाट नेपाल आएका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि, ९ चैत कोभिड-१९ को संक्रमण भएका अर्का व्यक्ति काठमाडौंमा भेटिए। यो दुई महीनाको अवधिमा काठमाडौंमै कोभिड-१९ संक्रमण परीक्षण गर्न सकिने पूर्वाधार तयार भयो।

प्रकाशित मिति: : 2020-08-23 07:56:07

प्रतिकृया दिनुहोस्