उद्धार उडान अवधिमा भित्रिन मात्र पाउने, नेपालबाट विदेश जान नपाइने

देखापढी

काठमाडौँ

उद्धव थापा

नेपाल सरकारले ४ भदौमा एक दिनमा ५०० जना यात्रु मात्रै ल्याउन पाउने निर्णय गरेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोहीअनुसारको उडान तालिका बनाएर उद्धार उडान फेरि शुरू गरेको छ। 

आजदेखि आठ दिनमा कुल १८ वटा उद्धार उडान हुने भएका छन्। 

मन्त्रालयले तयार गरेको तालिका अनुसार आज युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाहबाट एअर अरेविया नेपाली यात्रु लिएर काठमाडौं आउँदै छ।

तर, शारजाहबाट कार्गो लिएर आएको एअर अरेवियाको जहाज भने आज दिउँसो २ः५७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको विमानस्थल कार्यालयले बताएको छ। यात्रु लिएर आउने जहाज भने साँझ ५ बजे आइपुग्नेछ। 

मन्त्रालयले तयार पारेको उडान तालिका अनुसार नेपाली वायुसेवा कम्पनी नेपाल एअरलाइन्स र हिमालयन एअरलइन्सले पाँच–पाँच वटा उडानको अनुमति पाएका छन्। यस अवधिमा ६ वटा विदेशी एअरलाइन्सले काठमाडौंका लागि उद्धार उडान गर्नेछन्। 

भदौ १० गते अवुधावीबाट इतिहाद एअरलाइन्स र दुवईबाट फ्लाई दुवईले यात्रु लिएर काठमाडौं आउने भएका छन्। 

नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले भने ११ भदौबाट मात्रै उद्धार उडान सुरू गर्ने भएका छन्। 

प्रकाशित मिति: : 2020-08-25 18:50:37

प्रतिकृया दिनुहोस्