संक्रमित व्यक्ति ‘होम आइसोलेसन’मा कसरी बस्ने ? (भिडिओसहित)

देखापढी

काठमाडौँ

 विनय कुमार

सरकारले गत साउन २४ गते कोरोना संक्रमित व्यक्ति जो आफ्नै घरमा (होम आइसोलेसन) बस्न चाहन्छन् उनीहरूको लागि मापदण्ड जारी गर्‍यो। ‘होम आइसोलेसन’मा बस्दा प्रकाश तथा हावा आउने कोठामा बस्नुपर्ने,  पर्याप्त मात्रामा पानी र झोलिलो, पोसिलो खानेकुरा खानुपर्ने र उपचार अवधिभर आवश्यक सामानहरू मगाउने लगायतका प्रावधान मापदण्डमा उल्लेख गरिएको छ। 

घरमा बस्दा संक्रमित व्यक्तिले पर्याप्त ध्यान दिएन भने परिवारका अन्य सदस्यहरू पनि संक्रमण सर्ने जोखिम रहन्छ। त्यसैले चिकित्सकहरू संक्रमित व्यक्ति होम आइसोलेसनमा बस्दा विशेष सजग हुनुपर्ने बताउँछन्। “‘सिभियर सिम्टम्स’ देखिएका कोरोना पोजिटिभ व्यक्तिहरू अस्पतालमै बस्नुपर्ने हुन्छ, सामान्य लक्षण छ भने घरमै बस्दा हुन्छ,” संक्रमण रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले देखापढीसँग भने। 

प्रकाशित मिति: : 2020-08-26 07:30:11

प्रतिकृया दिनुहोस्