
बिएल संवाददाता
बाँकेमा बुधबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा गरिएको परीक्षणमा ५१ जना नेपाली सेनासहित कुल ६७ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका १५ र बैजनाथ गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।
ती मध्ये ५१ जना कोहलपुर नगरपालिका १ कौशिलानगरस्थित ब्यारेकमा कार्यरत नेपाली सेना रहेको उनले बताए।
मंगलबार राति मात्रै बाँकेमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो।
बाँकेमा अहिलेसम्म पाँच जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। बुधबार थपिएका संक्रमित सहित बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ११ पुगेको छ।
अहिलेसम्म बाँकेमा ६ सय ६० जनाले कोरोना संक्रमण जितेका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया