‘भाइरससँगै बाँच्नुको विकल्प छैन’

देखापढी

काठमाडौँ

सरुवा रोगबाट जोगिन ६ फिटको सामाजिक दूरी राख्नुपर्ने नियम ८० वर्ष पुरानो विज्ञानमा आधारित रहेको पाइएको छ। एमआईटी र अक्सफोर्डका वैज्ञानिकले यो पुरानो नियमको सट्टा ट्राफिक लाइटको संकेतलाई बुझेजस्तै गरी संक्रमण बुझ्न सक्दा फलदायी हुने तथ्य पत्ता लगाएका छन्।

१८०० को उत्तरार्धमा जर्मन वैज्ञानिक कार्ल फ्लुगले के पत्ता लगाएका थिए भने, स्वस्थ मानिस र संक्रामक रोग लागेको मानिसबीच शारीरिक दूरी कायम भएमा रोग सर्दैन। त्यो समय यस्तो कुरो केवल एक परिकल्पना थियो। परीक्षण गर्नका लागि वैज्ञानिकहरू त्यो समय शिशाको प्लेट प्रयोग गर्थे।

प्रविधिको विकास हुन अर्को चार दशकको समय लाग्यो। शीघ्र परीक्षणको विधि विस्तारै विकसित हुँदै गयो। १९४० को पूर्वार्धमा मानिसहरूले हाच्छ्युँ गर्दा वा खोक्दा निस्कने कणहरू हावामा निश्चित समय रहन्छ भन्ने वैज्ञानिकहरूले पत्ता लगाए। र, खोक्दा वा हाच्छ्युँ गर्दा निस्केका कणहरू भुइँबाट तीनदेखि ६ फिटसम्मको सतहमा रहने पनि पत्ता लगाए।

त्यसपछि वैज्ञानिकले पत्ता लगाए, अधिकांश संक्रामक रोग लागेको बिरामीले निष्काशित गरेका कणहरूले ६ फिटसम्म यात्रा गर्न सक्छ। वैज्ञानिकहरूको अध्ययनले निकालेका निष्कर्षलाई कहिल्यै पनि नियमका रूपमा लागू गरिएन। अहिले आएर हामी कोरोना महामारीका बेला संक्रामक रोगीबाट अर्को स्वस्थ मानिस कति दूरीमा रहनुपर्छ भन्नेबारे बहसमा उत्रिएका छौं।

प्रकाशित मिति: : 2020-08-27 13:36:32

प्रतिकृया दिनुहोस्