बन्द कोठामा कोरोना भाइरसबाट कसरी बच्ने ?

देखापढी

काठमाडौँ

राम्रोसँग हावा भित्रबाहिर गर्न सक्ने (भेन्टिलेसन) गरी बनेका कोठामा मानिसले बढी समय बिताउन सक्छन्। हामी महिनौंदेखि हात धुने र सामाजिक दूरी कायम गरेर कोरोनाबाट बच्न सकिने कुरा बताउँदै आइरहेका छौं। तर वैज्ञानिक र इन्जिनियरहरुले विद्यालय र कार्यालयभित्र हामीले स्वास फेर्ने हावाले पनि संक्रमणमा असर पर्ने बताएका छन्। यसमा स्तरीय भेन्टिलेसनको महत्व बढी हुने देखिएको छ।

जब तपाईं कोठाभित्र हिँड्नुहुन्छ तब बासी हावा पाउनुहुन्छ भने भेन्टिलेसनमा केही खराबी रहेको बुझ्नुहुन्छ। स्वच्छ हावा नहुँदा कोरोना संक्रमण फैलन पाउने सम्भावना अधिक हुन्छ।

ताजा शोधले हावाबाट पनि संक्रमण फैलने सम्भावना देखाइसकेको छ, हावामा भाइरसका साना कण अड्किरहेको हुन सक्छ। कोरोना कहरअघि मानिसले प्रतिसेकेन्ड १० लिटर स्वच्छ हावा पाउनुपर्ने बताइन्थ्यो, अब त्यो परिमाण वृद्धि भएको छ।

कुनै पनि स्थानमा पर्याप्त संख्यामा मानिस रहन्छन् भने बेलाबेला त्यहाँबाट निस्केर खुल्ला ठाउँमा जानुपर्ने बताउँछन् चार्टर्ड इन्स्टिच्युसन अफ बिल्डिङ सर्भिसेजका प्रविधि निर्देशक डा. हाइवेल डेभिस। उनका अनुसार स्वच्छ हावाको प्रवाह हुनु अनिवार्य छ।
‘‘यदि तपाईंले बिल्डिङमा कोही संक्रमित भेट्नुभएको छ र तपाईं कतै स्वच्छ हावा भएको ठाउँबाट फर्कनुभएको छ भने भाइरसले प्रवेशको अवसर कममात्रै पाउँछ। स्वच्छ हावा खाएर आएको मानिसमा संक्रमण छ भने पनि उसले अरुलाई सार्ने सम्भावना कम हुन्छ,’’ उनी भन्छन्।

प्रकाशित मिति: : 2020-08-28 16:28:19

प्रतिकृया दिनुहोस्