मेसीले बार्सिलोना छाडिसके: भाल्डानो

अर्जेन्टिना तथा रियल म्याड्रिडका पूर्व खेलाडी तथा प्रशिक्षक जर्ज भाल्डानोको लियोनल मेसीले बार्सिलोना छाडिसकेकाे बताएका छन्।

६ पटकका बालोन डि’ओर विजेता मेसी सोमबार क्लबको प्रशिक्षणमा पनि आएनन्। नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको  नेतृत्वमा भएको यो पहिलो प्रशिक्षण थियो। 

६४ वर्षीय भाल्डोनाका अनुसार मेसीले निशुल्क स्थानान्तरण हुन पाउने सम्झौता कार्यान्वयनमा भइसकेको छ। 

जबकी, बार्सिलोनाले मेसीलाई अनुबन्धित गर्न चाहने क्लबले ७०० मिलियन युरोपको रिलिज क्लज पूरा गर्नु पर्ने हुन्छ। जुन १० सम्ममा मेसीले क्लब छोड्न चाहेको जानकारी गराएको भए उनी स्वतन्त्र मूल्यमा अरु कुनै क्लब अनुबन्धित हुन सक्थे। तर कोरोना भाइरसका कारण यो सिजन लम्बिएकाले अगस्टको अन्तिमसम्म क्लब छाड्न पाउनुपर्ने मेसीको माग छ।

‘उनी अर्को क्लबमा जान्छन् वा अर्जेन्टिना फर्कन्छन्, तर उनले बार्सिलोना छाडिसकेका छन्। म पूर्ण विश्वस्त छु, कुनै दुविधा छैन,’ भाल्डानोले एक टेलिभिजन शोमा भनेका छन्, ‘जति चाडैं बार्सिलोनाले इतिहासकै महंगा खेलाडीलाई गुमायौं भनेर महसुस गर्नेछ, त्यति चाडैं उनले टिम पुनर्निर्माणमा ध्यान दिन सक्नेछ।’

मेसीलाई क्लबमा आबद्ध गर्ने दौडमा इंलिस क्लब म्यानचेस्टर सिटी पहिलो नम्बरमा छ भने पेरिस सेन्ट जर्माइन र इन्टर मिलानले पनि उनलाई पछ्याइरहेका छन्। 

तर यो पनि अनुमान लगाइएको छ कि मेसीले आफ्नो निर्णय यु–टर्न गर्नेछन्। जसरी, २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि सन्यास लिने निर्णय लिएपनि अन्तत केही महिनापछि उनी टोलीमा फर्किएका थिए। 

‘तर यो बिलकुल फरक अवस्था हो किनकी त्यहाँ कुनै सम्झौता वा यस्तै परिस्थिती थिएन जतिबेला मेसीले अर्जेन्टिनाको टोली छाडे अनि फर्किए,’ भाल्डानोले भने, ‘त्यहाँ कुनै व्यक्तिगत समस्या थिएन। मलाई थाहा छैन अहिलेको अवस्था कति लामो समय चल्नेछ, जो क्लब, खेलाडी र लालिगाका लागि घातक छ।’

उनी थप्छन्, ‘बार्साका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले सोच्नैपर्छ कि जब मेसीले छाड्नछन् तब उनी पनि बिदा हुनुपर्छ। तर मलाई लाग्छ यो अवस्था बार्साका लागि हानिकारक छ।’

याे पनि

बार्सिलोना छोड्ने मेसीकाे निर्णय, छलफल गर्न क्लबले डाक्याे आकस्मिक बैठक

बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

मेसीलाई बार्सिलोनामै राख्न बार्टोमेउले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने !

सिटीकाे आकर्षक प्रस्ताव: बार्सिलाेनालाई तीन खेलाडी र पैसा दिने, मेसीलाई ३ वर्षका लागि लिने, जुनसुकै बेला जान दिने

‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु, त्यो केवल तपाईँको प्रशिक्षणमा मात्रै सम्भव छ’

बार्सिलाेना र मेसीको चेस गेम, काे हाेला विजेता ?

मेसीका लागि ५०० मिलियन युरो तिर्न सिटी तयार, तर बार्सिलोनाबाट बर्हिगमन असहज

प्रशिक्षणमा मेसीसहित १७ खेलाडी अनुपस्थित

प्रकाशित मिति: : 2020-09-02 12:29:56

प्रतिकृया दिनुहोस्