मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

बार्सिलोनाले कप्तान लिओनल मेसीकाे रिलिज क्लज ७ सय मिलिय युरो तोकेको छ। सम्झौताको अन्तिम वर्षमा रहेपनि मेसीलाई क्लबको सहमतिबिना अनुबन्ध गर्न ७ सय मिलिय युरो तोकेको हो।

३३ वर्षीय मेसीको बार्सिलोनामा भविष्य शंकाको घेरामा छ। उनले सम्झौता नविकरणलाई लिएर भएको छलफल बिचमा नै रोक्न भनेका थिए। ६ पटकका बालोन डि’ओर विजेता मेसीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ। तर क्लबले चाहेको खण्डमा यो रकममा दुई क्लबबीच सहमति हुन सक्नेछ।

७ सय मिलियन युरो तिर्न सफल भए बार्सिलोनाको अनुमति बेगर पनि मेसीले क्लब छाड्न पाउने स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ। 

बार्सिलोनाले राखेको रिलिज क्लज २०१७ मा ब्राजिली नेयमारले पाएको विश्व कीर्तिमानी ट्रान्सफर रकमभन्दा तीन गुणा बढी हो।

पछिल्लो पटक मेसीलाई अनुबन्ध गर्न इन्टर मिलान, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) इच्छुक देखिएका छन्। यस्तैमा म्यानचेस्टर युनाइेटडले पनि चासो देखाएको छ। 

तर कुनैपनि क्लबले रिलिज क्लजको पूरा रकम तिर्ने सम्भावना छैन। विकल्पमा सबै क्लबले मेसीसँग व्यक्तिगत सम्झौता गरेर अर्को वर्ष फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गर्न सक्छन्।

यदि मेसीले क्लब छाडे उनीबाट आयआर्जन गरेका उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्छ। मेसी मात्रै होइन लुइस स्वारेज, भिडाल, इभान रकिटिचलयगायतका खेलाडी बार्सिलोनाले बेच्न चाहेको छ।

तर मेसीको स्तरको खेलाडी जति नै रकम तिरेर पाउन गाह्रो हुने बार्सिलोनाले बुझेको छ। यसको बिकल्पमा नेयमार पनि छन्। तर उनलाई बार्सिलोना नफर्काउने कल्बले संकेत दिसकेको छ।

बार्सिलोनामा नेयमार रहँदा मेसीसँग उनको साझेदारी उत्कृष्ट थियो। मेसीले २०१७ मा बार्सिलोना छाडेका नेयमारलाई पुनः फर्काउन आग्रह गरेका थिए। तर नेयमारलाई क्लबमा फर्काउन नसक्दा मेसीले आक्रोश पोखेका थिए।

यसअघि पनि पूर्व प्रशिक्षक एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेसीको सम्बन्ध राम्रो रहन सकेको थिएन। यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो। 

पछिल्लोपल्ट च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेसीले अन्यत्र कल्बमा जाने कुरा खुलाएका थिए।च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेसी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ।

मेसीले यो सिजन नै बार्सिलोना छाड्ने चर्चा भएपनि उनले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैनन्। तर, क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको छलफलमा बार्सिलोनामा आफ्नो भविष्य नरहेको प्रष्ट पारेका छन्। उनी सम्भवत अर्को सिजन फ्री ट्रान्सफरमा अन्यत्र जानेछन्।

रियल जान असम्भव

पोर्चुगलका पूर्व सुपर स्टार लुइस फिगोले मेसी बार्सिलोना छाडेर रियल म्याड्रिड जाने सम्भावना नरहेको बताएका छन्। 

‘रिलिज क्लबका कारण पनि यो वर्ष मेसीलाई यो वर्ष कुनै क्लबले लिन सक्छ जस्तो लाग्दैन, ‘फिगोले भने, ‘अहिले सरुवा बजार निकै कठिन एको छ। यदि सहज अवस्था हुन्थ्यो भने त्यो सम्झौता हुन पनि सक्थ्यो।’

फिगोले अन्तिममा थपे, ‘२० वर्षअघि मेरो जस्तो भएको थियो, अहिलेको अवस्थामा त्यहि हुन्छ जस्तो हुने लगभग असम्भव देख्नु।’

प्रकाशित मिति: : 2020-08-25 05:59:08

प्रतिकृया दिनुहोस्