मेसीका लागि ५०० मिलियन युरो तिर्न सिटी तयार, तर बार्सिलोनाबाट बर्हिगमन असहज

बार्सिलाेना छोड्न चाहेको पत्र बुझाएसँगै सुपरस्टार खेलाडी लिओनल मेसीको बर्हिगमनको छलफल चल्न थालेकाे छ। क्लब छाडेपछि उनकाे स्थानमा ल्याउने खेलाडीका बारेमा पनि बार्सिलोनाले तयारी थालेको हाे। 

बार्सिलोनाले मेसीको स्थानमा इटालियन क्लब इन्टर मिलानका लौतारो मार्तिनेजलाई ल्याउने विकल्पबारे छलफल थालेको छ।

तर उनको रिलिज क्लजका कारण १६ वर्ष बार्सिलोनामा बिताए मेसीको बिदाई सहज नहुने देखिएको छ।

बार्सिलोनाका शीर्ष अधिकारीहरु मेसी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुने अपेक्षा रहेको बताएका छन्। ३३ वर्षका मेसीलाई भित्र्याउन सिटी प्रयासरत छ। 

क्लबले सुपरस्टार मेसीलाई भित्र्याउने तथा प्रशिक्षक पेप गार्डिवलासँग नयाँ सम्झौता गर्ने गरी छलफल अघि बढाएको छ।

तर मेसीलाई अनुबन्धित गर्न चाहने क्लबले ७०० मिलियन युरोपको रिलिज क्लज पूरा गर्नु पर्ने हुन्छ। जुन १० सम्ममा मेसीले क्लब छोड्न चाहेको जानकारी गराएको भए उनी स्वतन्त्र मूल्यमा अरु कुनै क्लब अनुबन्धित हुन सक्थे।

मेसीले गएको हप्ताको मंगलबार क्लबलाई पत्र लेखी आफू बाहिरिन चाहेको र रिलिज क्लबलाई सहज बनाउन आग्रह गरेका थिए।

उनको टिमले कोरोना भाइरसको महामारीका कारण सिजन लम्बिएकाले रिलिज क्लजमा रहेको जुन १० को सीमा पनि लम्बिनु पर्ने बताउँदै आएको छ।

तर ला लिगाले बार्सिलोनासँगको मेसीको सम्झौतामा उल्लेख ७०० मिलियन युरोको रिलिज क्लब प्रभावकारी नै रहेको छ।

यसैबीच सिटीले पाँच वर्षे योजनासहित मेसीका लागि ५०० मिलियन युरो तिर्ने गरी तयारी थालेको छ। सो योजनामा अहिले सिटीमा आउने मेसी अन्ततः न्यूयोर्क सिटी एफसीबाट खेल्ने कुरा समावेश रहेको डेलीस्टारले जनाएको छ।

सिटीले तयार पारेको योजनामा मेसीले वार्षिक ५० मिलियन युरो पारिश्रमिक पाउने छन्। यस्तै तीन वर्षपछि सिटीबाट सम्झौताको बाँकी दुई वर्षका लागि न्यूयोर्क सिटी एफसी जाँदा २५० मिलियन युरो बोनस पाउने व्यवस्था रहेको दाबी छ।

यसैबीच मेसी ला लिगाको प्रि–सिजनका लागि आइतबार हुने कोरोना भाइरसको परीक्षणका उपस्थित नहुने जनाएर क्लब छोड्न चाहेको कुरा थप स्पष्ट र स्थापित गरेका छन्।

तर मेसीलाई बार्सिलोनामा ल्याउनमा सहयोग गरेको एक फुटबल एजेन्टले मेसी बार्सिलोनामै रहने कुरामा आफू ९० प्रतिशत ढुक्क रहेको दाबी गरेको खबर म्यानचेस्टर इभिनिङ्ग न्यूजले प्रकाशित गरेको छ।

याे पनि

बार्सिलोना छोड्ने मेसीकाे निर्णय, छलफल गर्न क्लबले डाक्याे आकस्मिक बैठक

बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

मेसीलाई बार्सिलोनामै राख्न बार्टोमेउले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने !

सिटीकाे आकर्षक प्रस्ताव: बार्सिलाेनालाई तीन खेलाडी र पैसा दिने, मेसीलाई ३ वर्षका लागि लिने, जुनसुकै बेला जान दिने

‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु, त्यो केवल तपाईँको प्रशिक्षणमा मात्रै सम्भव छ’

बार्सिलाेना र मेसीको चेस गेम, काे हाेला विजेता ?

 

प्रकाशित मिति: : 2020-08-31 07:14:23

प्रतिकृया दिनुहोस्