मेसीलाई आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार छ, तर बार्सिलोनामै बसेको हेर्न चाहान्छु: रामोस

रियल म्याड्रिड कप्तान सर्जियो रामोसले लिओनल मेसी बार्सिलोनामै बसेको हेर्न चाहेको बताएका छन्। 

यूईएफए नेसन्स लिग अन्तर्गत जर्मनीविरुद्ध खेलअघि पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। 

‘यसबारे मैले धेरै ध्यान दिएको छैन। तर मेरो विचारमा मेसीलाई आफ्नो भविष्यबारे निर्णय गर्ने अधिकार छ। तर, स्पेनिस फुटबल, बार्सिलोना र हामी सबैको लागि पनि उनी बसेको हेर्न चाहन्छु। हामी उत्कृष्ट खेलाडीको वरपर नै खेलिरहन चाहन्छौं,’ उनले भने। 

मेसीका बुवा तथा एजेन्ट जर्जले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउसँग भेटेका थिए।

तर, कुनै समाधान ननिस्किएकाे छैन। 

प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी मेसीलाई अनुबन्धन गर्ने दौडमा अघि छ । तर, मेस्सी र बार्सिलोनाबीच रिलिज क्लजको बिषयलाई लिएर असझदारी बढेको छ । बार्सिलोनाले मेस्सीलाई लैजाने क्लबले ७ सय मिलियन युरो रिलिज क्लज तिर्नुपर्ने दाबी गरेको छ । तर, मेसीले सम्झौता अनुसार क्लबले आफुलाई नि:शुल्क छाड्नुपर्ने अडान राखेका छन्। 

बार्सिलोनासँग मेस्सीको सम्झौता सन् २०२१ सम्म रहेको छ । कल्बका अनुसार मेस्सीले जानकारी गराएको खण्डमा जुन १० भित्र अर्जेन्टिनी फरवार्ड नि:शुल्क बार्सिलोना बाहिर निस्कन पाउने थिए । तर कोरोना भाइरसका कारण सिजन अगष्ट २३ सम्म लम्बिएको थियो ।

मेसीको उपस्थितिमा बार्सिलोनाले ४ पल्ट च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने १० पल्ट ला लिगाको। उनको उपस्थितिमा बार्सिलोनाले ३४ उपाधि जितेको थियो। 

३० जुनमा उनी ७ सय गोल पुरा गर्ने विश्वको सातौं खेलाडी बनेका थिए। यसमा उनले क्लबका लागि ६ सय ३० र देशका लागि ७० गोल गरका छन्। सबैभन्दा बढी गोल गर्ने कीर्तिमान अस्ट्रियाका जोसेफ बिकनको नाममा छ। उनले ८ सय ५ गोल गरेका छन्। 

मेसी विश्व फुटबलको महंगो फुटबल खेलाडी हुन्। उनले गत वर्ष रोनाल्डोको तुलनामा बढी रकम कमाएका थिए। मेसीको कमाईं १ सय २० मिलियन पाउण्ड छ।

याे पनि

बार्सिलोना छोड्ने मेसीकाे निर्णय, छलफल गर्न क्लबले डाक्याे आकस्मिक बैठक

बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

मेसीलाई बार्सिलोनामै राख्न बार्टोमेउले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने !

सिटीकाे आकर्षक प्रस्ताव: बार्सिलाेनालाई तीन खेलाडी र पैसा दिने, मेसीलाई ३ वर्षका लागि लिने, जुनसुकै बेला जान दिने

‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु, त्यो केवल तपाईँको प्रशिक्षणमा मात्रै सम्भव छ’

बार्सिलाेना र मेसीको चेस गेम, काे हाेला विजेता ?

मेसीका लागि ५०० मिलियन युरो तिर्न सिटी तयार, तर बार्सिलोनाबाट बर्हिगमन असहज

प्रशिक्षणमा मेसीसहित १७ खेलाडी अनुपस्थित

 मेसीले बार्सिलोना छाडिसके: भाल्डानो

मेसी सिटीमा आवद्ध भए घण्टाको आम्दानी २२ लाखभन्दा बढी हुने

प्रकाशित मिति: : 2020-09-03 15:07:22

प्रतिकृया दिनुहोस्